समय : ०२:५० am | सोमबार , कार्तिक ११ गते २०८१

एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित

स्वर्गद्वारी अपडेट | भाद्र २० गते २०८०

नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन बुटवलबाट पाल्पाका राधाकृष्ण कँडेल अध्यक्ष पदमा निर्वाचित भएका छन्।निवर्तमान अध्यक्ष रहेका कँडेलले केन्द्रीय सदस्यसमेत रहेका प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै विजयी भएका हुन्।कुल खसेको ९६५ मत मध्ये कँडेलले ४७९ मत पाए। उनका प्रतिस्पर्धी रिजालले  ४७७ मत पाए।

त्यसैगरी अन्य पदाधिकारीको अन्तिम मत परिणाम अनुसार उपाध्यक्ष पदमा कँडेल समूहका भोज प्रसाद श्रेष्ठले ,सचिव पदमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित ,पुरुष उपसचिवमा रिजाल समूहका रोल्पाका पूर्ण बुढा मगर विजयी बनेका छन्। महिला उपसचिवमा कँडेल समूहकै बर्दियाकी लिला राना मगर विजयी भएकी छन्।

गत १६ गते सुरु भएको एमाले लुम्विनीको प्रथम अधिवेशनमा कुल १ हजार ४ जना मतदाता रहेकोमा मंगलबार सम्पन्न निर्वाचनमा ९६५ मत मात्रै खसेको थियो । अधिवेशनको उद्घाटन सत्र र बन्द सत्रलाई सम्बोधन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमै नेतृत्व छान्न निर्देशन दिएका थिए।तर, आफूलाई बलियो ठानेका दुवै प्रतिस्पर्धीले नेतृत्व छाड्न तयार नभएपछि निर्वाचन भएको हो।

पाल्पाका कँडेललाई उपाध्यक्ष विष्णु पौडेल र प्युठानका रिजाललाई महासचिव शंकर पोखरेलसँगै अध्यक्ष केपी शर्मा ओलीको समेत समर्थन रहेको थियो।सहमतिको नाममा अध्यक्ष ओलीले रिजालको नेतृत्वमा टिम बनाउन निर्देशन दिए पनि कँडेल पक्षले नमानेपछि निर्वाचन भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्