समय : ०८:१२ am | शनिबार , श्रावण १२ गते २०८१

राष्ट्रघाती एमसिसि सम्झौता विरुद्ध सशक्त संघर्ष गर्ने नेकपा पस्चिम लुम्विनी ब्यूरोको वैठक सम्पन्न

स्वर्गद्वारी अपडेट | भाद्र ७ गते २०८०


राजेन्द्र रावत क्षेत्री

कपिलवस्तु भदौ ७। राष्ट्रघाती एमसिसि सम्झौता विरुद्ध सशक्त संघर्ष गर्ने निर्णय सहित नेकपा पस्चिम लुम्विनी ब्यूरोको दोस्रो पुर्ण वैठक बिहीवार सम्पन्न भएको छ ।

एमसिसि सम्झौताले राष्ट्रिय स्वाधिनता,सार्वभौमिकता र अखण्डतामाथि नै नाङ्गो हस्तक्षेप गरी अन्त्यमा नेपाललाई यूक्रेनको अवस्थामा पु¥याउने अमेरिकी षडयन्त्र रहेको भन्दै एमसिसि सम्झौताको विरुद्ध जनतालाई साथमा लिई सशक्त संघर्ष गर्ने निर्णय सर्वसम्मतले पास भएको नेकपा ले जनाएकोछ । नेपाल कम्यूनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य तथा पस्चिम लुम्विनी व्यूरो इन्चार्ज सन्जिव सी को अध्यक्षतामा वैठक देउखुरी गढवामा सम्पन्न भएको हो । एमसिसि सम्झौताको दफा ५.१९(ख) ९३० मा वर्तमान अमेरिकी कानुन र भविष्यमा बन्ने कानुन नेपालले मान्नुपर्ने, दफा ३.१ (च) मा आयोजना नेपालमा सन्चालन हुने र २६ प्रतिशत लगानी नेपालको रहने तर आयोजनाबाट प्राप्त हुने बौद्धिक सम्पतीमा एमसिसिको मात्र हक रहने, दफा ६.८ अनुसार परियोजनामा काम गर्न आउने विदेशीलाई नेपालको कुनैपनि कानुन नलाग्ने, सम्झौतासंग नेपालको राष्ट्रिय कानुन बाझिएमा एमसिसिको कानुन मान्य हुने लगाएतका राष्ट्रघाती वँुदाहरु रहेकाले राष्ट्रघाती एमसिसि सम्झौता विरुद्ध सशक्त संघर्षमा होमिन नेकपाले आम सर्वसाधारण जनतालाई अपिल गरेको छ ।

वैठकमा पस्चिम लुम्विनी व्यूरो अन्तरगत पाँच वटै जिल्लाका सेक्रेटरी सहित व्यूरो सदस्यहरुको सहभागिता रहेको पस्चिम कपिलवस्तु का सेक्रेटरी पावेल सी ले जानकारी दिए ।राष्ट्रघाती एमसिसि सम्झौता खारेज गर्न नेकपा को केन्द्रिय समितीले विभिन्न संघर्षका कार्यक्रमहरु समेत सार्वजनिक गरिसकेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page