समय : १२:४२ pm | शनिबार , श्रावण १२ गते २०८१

लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा

स्वर्गद्वारी अपडेट | कार्तिक २५ गते २०८०

  कात्तिक २५

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा भएको छ । ती क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद्ले बताएका छन् ।

देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । अहिले गण्डकी, बाग्मती, मधेस र कोशी प्रदेशमा घाम लागेको छ । तर दिउँसोपछि ती क्षेत्रमा बादल लाग्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।देशका उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page