समय : ०९:०३ am | शनिबार , श्रावण १२ गते २०८१

आज र भोलि देशभरकै मौसम बदली, ठूलो वर्षाको सम्भावना

स्वर्गद्वारी अपडेट | असाेज १६ गते २०८०

  असोज १६

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।देशभरको मौसम बदली भएको छ । आज र भोलि देशभरकै मौसम बदली हुने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् गोविन्द झाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज देशका अन्य ठाउँमा पनि पानी पर्ने सम्भावना छ । आज गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद् झाले जानकारी दिनुभयो ।

यस्तै, भोलि कोशी, मधेस र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । अन्य ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ । भोलि पनि देशभरको मौसम बदली हुने मौसमविद् गोविन्द झाले बताउनुभयो । पानी पर्ने सम्भावना रहेकाले तत्काल धान नकाट्न पनि किसानलाई मौसविद्ले सुझाव दिएका छन् ।

काटेको धानमा पानीले नोक्सानी गर्न सक्ने भएकाले नकाट्न सुझाव दिइएको हो । मौसमविद् गोविन्द झाका अनुसार पर्सिदेखि भने मौसम खुल्दै जाने सम्भावना छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page