समय : ०८:४७ am | शनिबार , श्रावण १२ गते २०८१

आज लुम्बिनी सहित ५प्रदेशमा ठूलो वर्षाको सम्भावना

स्वर्गद्वारी अपडेट | असाेज १४ गते २०८०

  असोज १४, आइतबार

स्वर्गद्वारी अपडेट समाचार डेक्स । बाहिरिने समयमा मनसुन फेरि सक्रिय भएको छ । गएरातिदेखि देशका केही ठाउँमा पानी परिरहेको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले कोशी र कर्णाली प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।आज देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । भोलि र पर्सि भने ठूलो पानी पर्ने मौसमविद् अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको असर नेपालमा परेको छ । यसकै कारण कोशी, मधेस, बाग्मती, लुम्बिनी, गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै, यो प्रणालीसँगै स्थानीय वायुको प्रभाव मिसिँदा केही ठाउँमा एकैछिनमा आरीघोप्टे वर्षासमेत हुने मौसमविद् अधिकारीले बताउनुभयो । केही दिन अघिसम्म मनसुन कमजोर थियो । जसले गर्दा खासै पानी परेको थिएन । तर, अस्ति शुक्रवारदेखि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने केही ठाउँमा आरीघोप्टे वर्षा भइरहेको छ । अबको तीन दिन मौसम यस्तै रहने सम्भावना रहेकाले यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ । आफूले यात्रा गर्ने बेला सडकको अवस्था र मौसमसम्बन्धी जानकारी लिन मौसमविद्ले सुझाव दिएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page