समय : १२:५२ pm | शनिबार , श्रावण १२ गते २०८१

आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

स्वर्गद्वारी अपडेट | भाद्र २९ गते २०८०

भदौ २९ गते शुक्रवार
स्वर्गद्वारी अपडेट समाचार डेक्स ।
आज राष्ट्रिय बाल दिवस  विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा २०६३ सालपछि  भाद्र २९ गतेलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउँदै आइएको छ । यस वर्षको बालदिवसको नारा  ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने रहेको  छ ।

सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरिएको हो।

२०२२ सालदेखि भदौ ४ गते मनाउन शुरू गरिएको बाल दिवस २०६३ सालपछि भने भदौ २९ गते मनाउन थालिएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page