समय : ०१:४७ pm | शनिबार , श्रावण १२ गते २०८१

आज दिनभर पानी पर्ने सम्भावना

स्वर्गद्वारी अपडेट | भाद्र २६ गते २०८०


भदौ २६ गते मङ्लवार

स्वर्गद्वारी अपडेट समाचार डेक्स । काठमाण्डौसहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी परिरहेको छ ।

काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, कास्की, सर्लाही, बाँके लगायत जिल्लामा बिहानैदेखि पानी परिरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिनभरजसो देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै, राति कोशी,बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो वर्षाको अनुमान छ । बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले पानी परेको हो । यो प्रणालीको प्रभाव पश्चिमी क्षेत्रको तुलनामा पूर्व र मध्य क्षेत्रमा धेरै पर्ने मौसमविद् अधिकारीले बताउनुभयो । उहाँका अनुसार आज मध्य र  पूर्वी क्षेत्रमा धेरै पानी  पर्ने अनुमान छ  ।

भोलि पनि काठाण्डौसहितका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । पानी परेका क्षेत्रमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page