समय : ०९:२३ am | शनिबार , श्रावण १२ गते २०८१

आज लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

स्वर्गद्वारी अपडेट | भाद्र २५ गते २०८०

भदौ २५ गते सोमबार

स्वर्गद्वारी अपडेट समाचार डेक्स । आज लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् गंगा नगरकोटीका अनुसार अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । तर, दिउँसो पछि हल्कादेखि मध्यम पानी पर्न सक्ने अनुमान छ  ।

नेपालमा अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ ।यस्तै, भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसमविद्ले बताएका छन् । 
 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page