समय : ०८:४७ am | शनिबार , श्रावण १२ गते २०८१

लुम्बिनी र सुदूरपश्चिममा आज ठूलो पानी पर्ने मौसमविद् कँडेल

स्वर्गद्वारी अपडेट | भाद्र २४ गते २०८०

  भदौ २४

स्वर्गद्वारी अपडेट समाचार डेक्स । गण्डकी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ । मौसमविद् शान्ति कँडेलका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

सुदूरपश्चिममा दिउँसो र राति तथा लुम्बिनीमा राति ठूलो पानी पर्ने मौसमविद् कँडेलले जानकारी दिनुभयो । आज काठमाण्डौसहित पहाडी क्षेत्रमा पनि पानी पर्ने उहाँले बताउनुभयो । देशभरको मौसम आंशिकदेखि सामान्य बदली छ । भोलिको मौसम पनि यस्तै रहने मौसमविद्ले बताएका छन् ।

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page