समय : १२:३१ pm | बिहिबार , श्रावण २१ गते २०८३

बुहारीमाथि जबरजस्ती करणीको आरोपमा जेठाजु पक्राउ

स्वर्गद्वारी अपडेट | श्रावण २१ गते २०८३

दाङ। दाङमा प्रहरीले बुहारीमाथि जबरजस्ती करणी गरेको आरोपमा जेठाजुलाई पक्राउ गरेको छ। जिल्लाको बबई गाउँपालिका-४ मा आफ्नै भाइ बुहारी नाता पर्ने २२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार असार २६ गते बिहान करिब ४ बजे पीडित सुतिरहेको बेला अभियुक्तले कोठामा प्रवेश गरी मुख थुनेर र ज्यान मार्ने धम्की दिँदै करणी गरेका थिए। पीडितले प्रतिकार गर्न खोज्दा पनि उनलाई थप डरत्रास देखाइएको थियो।

घटनापछि अभियुक्त फरार रहेका थिए। प्रहरी अनुसन्धानपछि उनलाई पक्राउ गरिएको हो। पक्राउपछि उनीविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

यसैबीच, सरकारी वकिल कार्यालयले अभियुक्तविरुद्ध जिल्ला अदालत दाङ मा अभियोगपत्र दायर गरेको छ।

प्रहरीका अनुसार अभियुक्त र पीडितका श्रीमान् सोदर दाजुभाइ हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो पनि पढ्नुहोस्