प्युठान।चैत्र ५ गते हुन गईरहेको स्ववियु निर्वाचनमा प्युठानका चार संचारकर्मी चुनावमा होमिएका छन्।तिन संचारकर्मी साझा प्यानलबाट र एकजना स्वतन्त्र बिद्यार्थी समुहबाट उम्मेदवारी दिएको हो।
त्यस्तै स्वर्गद्वारी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी समुहतर्फ सभापतिमा अनुपराज पाण्डे रहेका छन्।सोही क्याम्पसमा चार संगठनबाट सभापतिमा केशर सुनारले उम्मेदवारी दिएका हुन्।साझा प्यानलबाट प्युठान क्याम्पसमा प्रमोद वलीले सभापतिमा उम्मेदवारी दिएका हुन्।अमर बहुमुखी क्याम्पस भिंग्रीमा साझा प्यानलबाट समानुपातिक सदस्यमा सन्तोष सुनारले उम्मेदवारी दर्ता गराएका छन्। यी चारै जना जिल्लाका क्रियाशील पत्रकार हुन्।