समय : ११:५१ pm | शुक्रबार , चैत्र १ गते २०८१

उज्वल भविष्यको निम्ति कुशल नेतृत्वको आवश्यक:केसर सुनार

सन्तोष सुनार | चैत्र १ गते २०८१

प्यूठान। उज्ज्वल भविष्यको निम्ति कुशल नेतृत्व विकासको आवश्यक रहेको  स्वर्गद्वारी बहुमुखी क्याम्पसमा स्वीवियु सभापतिको लागी अखिल क्रान्तिकारीको साझा प्यानलबाट उम्मेदारी दिएका केसर सुनारले बताएका छन ।

स्ववियुले केवल कक्षा कोठाभित्र मात्र होइन, क्याम्पसको हरेक कुना–कुनामा शैक्षिक क्षेत्रलाई मजबुत गराउदै शिक्षामा उज्यालो फैलाउने प्रमुख कर्तव्यका साथ राज्यको शैक्षिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले व्यवस्थित तरिकाले परिचालन गर्नका लागी मैले स्वीवियु सभापतिको उम्मेदारी दिएको समेत  सुनारले बताए ।

सुनार आफ्नो पढाईसँगै  समाजमा रहेका विकृति विसङ्गतीलाई हटाई सभ्य समाजको निर्माणमा कलमको माध्यमबाट प्यूठान जिल्लामा अगाडी बढेका एक क्रियाशिल पत्रकार समेत  हुन । उनले भने, ʻमेरो लडाई भनेको कसैलाई पराजय गर्न भन्दा पनि शिक्षा क्षेत्रमा सबै विद्यार्थीहरुलाई समानता जेहेन्दार र विपिन्न तथा असाहयहरुलाई प्राथमिकता साथ जोड दिने  मेरो लक्ष्य रहेको बताए ।’ मतलाई केवल एक सीमित कालखण्डको प्रतिनिधित्व गर्न होइन, शिक्षाको स्थायी स्तरोन्नतिका लागि प्रयोग गर्ने उनको भनाई छ ।   त्यसैले  विद्यार्थीहरुलाई अखिल क्रान्तिकारीको  साझा प्यानललाई मतदान गरी विजय गराउन हुन सुनारले आग्रह  गरेका छन ।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्