समय : ०४:१७ pm | सोमबार , माघ २८ गते २०८१

आज सोनाम ल्होसार, देशभर सार्वजनिक बिदा

स्वर्गद्वारी अपडेट | माघ १७ गते २०८१

काठमाडौँ। आज (बिहीबार) सोनाम ल्होसार पर्व हो । आज विशेषगरी तामाङ समुदायले यो पर्व मनाउने गरेका छन्।सोनाम ल्होसार तामाङ समुदायको नयाँ वर्षका रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ ।

भूमिपूजा, कूलपूजा एवम् दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने गरिन्छ । समुदायका सबैजना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व देशका विभिन्न ठाउँमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्पराअनुसार मनाउँछन् । तामाङ समुदायको बाहुल्य रहेको बाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ । यो पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्