समय : ०४:०५ pm | सोमबार , माघ २८ गते २०८१

मदाने घडेरी प्रा.बि.मा न्यानो कपडा बितरण

स्वर्गद्वारी अपडेट | माघ १४ गते २०८१

बिवश मल्ल, गुल्मी । गुल्मी जिल्ला मदाने गाउँपालिका १ अग्लुङको श्री घडेरी प्राथमिक विद्यालयमा अध्ययरत बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

कान्छीमाया तामाङ्ग फाउन्डेसनका व्यावस्थापक डाक्टर दिल बहादुर तामाङ्गले ९४ जना बिद्यार्थीलाई न्यानो सुइटर वितरण गरेका हुन । डा. तामाङ्गले गतवर्ष सोहस् विद्यालयका बिद्यार्थी सागर चन्दलाई निशुल्क उपचार गरिदिएका थिए ।

सोही वडाका वडा अध्यक्ष सुशीला चन्द्र, सदस्य भगवत चन्द्र, सचिव पशुपति चन्द्र, विद्यालय व्यवस्थापन समिति, अभिभावक लगायतको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको थियो । 

डा. तामाङ्गले आगामी दिनहरुमा अक्षयकोष सन्चालन लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्ने बताए । उनले विरामी सागरलाई प्रत्येक वर्ष अध्ययनका लागि ३ हजारका दरले आर्थिक सहयोग गर्ने भएका छन् । कान्छीमाया तामाङ्ग फाउन्डेसन स्वर्गीय आमाको स्मृतिमा आमाको नामबाट खोलिएको बताउदै प्राकृतिक प्रकोप, महामारी दैविक विपत् जस्ता समस्यामा रहेका नागरिकलाई सहयोग गर्दै सामाजिक क्षेत्रमा लागेको डा. तामाङले बताए ।    

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्