दाङ। एक बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तिन जना पक्राउ परेका छन् ।दाङ जिल्लाको तुलसीपुर उपमहानरपालिका–१२ स्थित टरीगाँउमा यो घटना भएको हो।दुष्कर्ममा संलग्न तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
१४ वर्षीय बालिका लाई फकाई स्कुटीमा बसाली टरीगाँउ फुटबल मैदानको अगाडी जंगलमा लगे पश्चात उक्त स्थानमा आएका तिन जना ब्यक्तिहरुले निज पिडितलाई चारै तिरबाट घेरा हालेको र १ जनाले समाती तिमीसंग सल्लाह भएको बताउदै उक्त स्थानबाट केही पर जंगलमा लगी जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीले जानकारी दिएका छन ।
जबरजस्ती करणी गर्ने कार्यमा २ जनाले पुर्ण रुपमा सहयोग गरेको र २ जनाले जबरजस्ती करणी गरेको हुँदा निजहरु मध्ये ३ जनालाई अहिले प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको र १ जना फरार रहेकोमा खोजतलास भई रहेको समेत प्रहरीले जानकारी दिएको छ ।