समय : १०:४३ am | सोमबार , जेठ ५ गते २०८२

भरुवा बन्दुकसहित एकजना पक्राउ

स्वर्गद्वारी अपडेट | कार्तिक २३ गते २०८१

तुलसीपुर। दाङमा हतियार सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमही नगरपालिका –.३  बनगाँउको हरियाली टोल निवासी ४० वर्षका गणेश कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।भरुवा बन्दुक बनाउन प्रयोग हुने फलामको पाइप, बारुदको धुलो, १३५ थान छर्रा, केप १८ थान, रोल केप रोल ४ थान, ठूलो गोली २९ थान र भरुवा बन्दुकमा प्रयोग हुने सुतीको लत्ता दुई थान बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी ईश्वर थापाले जानकारी दिए।

गोप्य सूचनाको आधारमा गएको प्रहरीले कुमाललाई हतियार सहित पक्राउ गरेको हो ।पक्राउ परेका विरुद्ध हातहतियार सम्बन्धी खरखजना मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । 

यो पनि पढ्नुहोस्