प्युठान।प्यूठानको माडि नदिमा हाम फालेर एकको मृत्यु भएको छ। बुधबार जिल्लाको स्वर्गद्वारी नगरपालिका-९ दिवाङ्गदमारको वर्ष ६४ का गोर्कण खत्रीले दिउँसो १:३० बजेको समयमा लामाचौर नजिक माडि नदिमा हाम फालेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भिंग्रीका प्रहरी निरिक्षक नविन कुमार थापा क्षेत्रीले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए ।
मृतक खत्रीको शव नदिमा पौडी खेली रहेका युवाहरुले प्रहरीलाई जानकारी गराएका थिए। खत्रीको शवलाई प्रहरीले मुजुल्का उठाई पोष्टमार्टमको लागी भिंग्री प्राथामीक उपचार केन्द्रमा राखिएको छ ।