समय : ११:११ pm | आइतबार , मंसिर २३ गते २०८१

अब छिट्टै लुम्बिनी प्रदेशमा लगानी सम्मेलन गर्दैछौं : मुख्यमन्त्री आचार्य

स्वर्गद्वारी अपडेट | कार्तिक २७ गते २०८१

दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष आह्वान गरेका छन् । चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले समग्र प्रदेशको विकासमा लगानी गर्न आह्वान गरेका हुन् । 

लुम्बिनी प्रदेशभित्र कुनै पनि क्षेत्रमा सिचुवान प्रान्त लगायत कुनै पनि प्रान्तबाट इच्छुक लगानीकर्ताको लगानी भित्राउन र लगानी सुरक्षित गर्न आवश्यक सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको समेत उनले बताए । उनले लुम्बिनी प्रदेशमा खुलेर लगानी गर्न आह्वान गरे । साथै लुम्बिनी प्रदेशले छिट्टै लगानी सम्मेलनको आयोजना गर्ने जानकारी दिदै मुख्यमन्त्री आचार्यले सम्मेलनमा सहभागी हुन कुटनैतिक नियोगमार्फत पत्राचार हुने बताए । 

उनले सिचुआन प्रदेश सरकार, विभिन्न लगानीकर्ताहरु, कम्पनीहरु, संघ–संस्थालाई उत्साहपूर्ण उपस्थितिको लागी आह्वान गरे । सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी, गौतमबुद्धको जन्मस्थललाइ समृद्ध बनाउने, यसलाई विश्वको एक महत्वपूर्ण र नमूना स्थल बनाउने सबैको साझा दायित्व रहेको बताए । 

उनले लुम्बिनीसँग जोडिएका विकास निर्माणका कार्यहरुमा साझा लगानी गर्न आह्वान गरे । ‘लुम्बिनी, गौतमबुद्धको जन्मस्थललाई समृद्ध बनाउने, यसलाई विश्वको एक महत्वपूर्ण र नमूना स्थल बनाउने दायीत्व हामी सबैको साझा हो । तसर्थ यससँग जोडिएका विकास निर्माणका कार्यहरुमा साझा लगानी गरौं । साझा प्रतिफल हासिल गरौं विश्वको शान्ति दीपलाई थप प्रज्वल्लित गरौं’मुख्यमन्त्री आचार्यले भने,‘म हार्दिक आमन्त्रण गर्दछु कि, हामी अब छिट्टै लुम्बिनीमा लगानी सम्मेलन गर्दैछौं । त्यसको लागि यहाँहरुको उपयुक्त समयका बारेमा छलफल गर्दै सो समयको किटान पश्चात हाम्रो कुटनैतिक नियोगमार्फत पत्राचार गर्नेछौं । त्यसमा यहाँको प्रदेश सरकार, विभिन्न लगानीकर्ताहरु, कम्पनीहरु, संघसंस्था सबैको उत्साहपूर्ण उपस्थिति हुनेछ ।’

सम्मेलनमा मुख्यमन्त्री आचार्यले बौद्ध पर्यटनको विविधिकृत विकासका लागि घनिष्ट सहकार्य गर्न आग्रह गरे । ‘स्थानीय जनता, पर्यटन व्यवसायी र पथप्रदर्शकहरु, हाम्रो सरकार अन्तरगतका बुद्ध सर्किटमा पर्ने नगरपालिकाहरु, लुम्बिनी बौद्ध विश्वविद्यालय, साँस्कृतिक सम्पदास्थलहरु आदिसँग घनिष्ट सहकार्यका लागि समेत आह्वान गर्न चाहान्छु’आचार्यले भने,‘लुम्बिनी प्रदेशभित्र गरिएका वस्तुको उत्पादनहरुको विकास र ब्राण्डिङ गर्दै हाम्रा जनताको रोजगारी र जीवनयापनसँग जोडन तपाईहरुको अनुभव प्रविधि मात्र नभइ उत्पादित बस्तुको बजार सृजना गर्न, नियमित व्यापार मेला आयोजना गर्न वा लुम्बिनी प्रदर्शनी केन्द्र स्थापना गर्नका लागि पहल गर्न समेत यहाँहरु समक्ष अनुरोध गर्दछु ।’ लुम्बिनी भ्रमण गर्न सिचुआन सरकार, सिचुवानबासी समुदाय तथा आम चिनिया जनतालाई आमन्त्रण समेत गरेका छन् ।

सिचुआन सरकारसँग भएको भगिनी सम्बन्धलाई प्रगाढ बनाउन छेन्दु र भैरहवाबीच सिधा हवाइ सेवा सञ्चालन गर्न उनले आग्रह गरे । सिधा हवाइ सेवा सुरु हँुदा दुई मितेरी प्रदेशका जनताको मित्रता अझ बढी प्रगाढ हुने उनले बताए । ‘हाम्रो मितेरी सम्बन्ध अगाडि बढाउन चाहन्छौं । हामी हाम्रा सिकाइ, अनुभव तथा विकासका सम्भावनालाइ आदानप्रदान गर्न प्रतिबद्ध छौं र तपाईहरुको प्रतिवद्धताको अपेक्षा गर्दछौं’सम्बोधनको क्रममा मुख्यमन्त्री आचार्यले भने,‘चिनिया जनता र नेपाली जनता बीचको अन्तरसम्बन्ध विकासमा भगवान गौतमबुद्ध र उहाँको जन्मस्थल लुम्बिनीले हामी र हाम्रो भावनालाइ सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको छ किनभने हामी नेपालीहरुले लाखौलाख चिनिया तीर्थयात्रीहरुलाई सो पवित्र स्थानमा स्वागत गर्न पाइरहेका छौं ।’

सम्बोधनको क्रममा मुख्यमन्त्री आचार्यले चिनिया विकास मोडेल, प्रविधि तथा समृद्धिबाट सिकाइ हासिल गर्न चाहेको बताए । ‘हामीले सिक्न चाहान्छौं र हामीहरु पनि सँगै यात्रा गर्न चाहन्छौं । किनभने हाम्रो देश नेपाल र हाम्रो प्रदेश नमूना काम गर्नका लागि आतुर छ । जनतालाइ विकास र समृद्धि प्रदान गर्न प्रतिबद्ध छ । हामी र हाम्रो केन्द्र सरकार चीनका हरेक सकारात्मक कामको सह्राना गर्दछ’मुख्यमन्त्री आचार्यले भने,‘हामी र हाम्रो केन्द्र सरकार एक चीन नीति प्रति प्रतिबद्ध छ । हामी विश्वास गर्दछौं यसप्रकारको प्रतिबद्धताले हाम्रो मित्रतालाई अझ खँदिलो र बलियो बनाइरहेको छ ।’

सम्मेलनमा मुख्यमन्त्री आचार्यसहित उनकी श्रीमती दिपा आचार्य, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउत, प्रमुख स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डा. सागर न्यौपाने सहभागी छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्