प्युठान।चाडपर्वलाई लक्षित गर्दै स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रालि प्युठानले थप सेवा विस्तार गर्ने भएको छ।शनिबार जुम्री स्थित यातायात कार्यालयमा पत्रकार सम्मेलन गर्दै यस्तो निर्णय गरेको हो।
चाडपर्वको समयमा मात्र चल्ने एक्स्ट्रा बसको लागि काठमाडौंबाट प्युठान आउने यात्रुहरुको भाडादरमा २० प्रतिशतका दरले भाडा बृद्दि गरिएको स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए। ‘नियमित रुपमा संचालन हुने तिन वटा बसहरु असोज २४ सम्म बुकिङ भएको छ।’ उनले भने-‘प्युठानबाट काठमाडौं जाँदा सबै बसहरु खालि जाने हुँदा खर्च समेत नउठ्ने भएकाले यातायात व्यावसायीहरु घाटामा जानु पर्ने हुँदा यात्रुहरु सहजताका लागि थप बस सेवा विस्तार गरि भाडादर बृद्दि गरिएको यातायातका अध्यक्ष श्रेष्ठले जानकारी दिए। एक्स्ट्रा बसको लागि काठमाडौंबाट प्युठान सम्मको डिलक्स बसमा १९ सय २० रुपैंयाँ र एसी बसमा २२ सय ८० रुपैयाँ भाडा कायम गरिएको छ।
अनलाइन टिकट सेवा लिन आग्रह
स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रालिले गाडीहरूको टिकट बूकिङ अनलाइनमार्फत सेवा लिन आग्रह गरेको छ।स्वर्गद्वारी यातायात बस एप मार्फत समितिले आफ्ना यात्रुलाई अनलाइन टिकेटिङको सेवा पनि शुरू गरेको हो।सम्बन्धित काउण्टरसम्म पुग्न नसक्ने यात्रुले अनलाइनमार्फत घर वा अफिसबाटै यो सेवा लिन सक्नेछन्।अब यात्रुहरूले ई–सेवामार्फत टिकट काट्न सक्नेछन्।टिकट काट्नकै लागि काउण्टरसम्म धाउन नपरोस् भनेर अनलाइन टिकेटिङको सेवा प्रदान गरिएको स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए।अनलाइन टिकट बुकिङ सेवा यहि जेठ १८ गते देखी शुभारम्भ गरिएको थियो।