समय : ०६:११ pm | बुधबार , असाेज २ गते २०८१

वडाध्यक्षलाई ज्यान मार्ने धम्की

स्वर्गद्वारी अपडेट | भाद्र १८ गते २०८१

तुलसीपुर।विकास निर्माणको विषयलाई लिएर तुलसीपुर- ६ का  वडा अध्यक्ष र सदस्यलाई ज्यान मार्ने धम्की आएको छ।तुलसीपुर उपमहानगरपालिका –६ को वडा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर वडा अध्यक्ष दुजमान भण्डारी वर्षातले आफू र वडा सदस्य यमराज केसीलाई भारतीय नम्बरबाट बारम्बार ज्यान मार्ने धम्की आएको बताए।

गौरवको आयोजना अन्तर्गत तुलसीपुरको तरकारी बजारदेखि गाइडहर हुँदै बनकट्टी जोड्ने मदन आश्रित सडक निर्माणको क्रममा भएको सामान्य विवादलाई लिएर तुलसीपुर उपमहानगरपालिका –६ निवासी इलिजा (डाँगी) वली र निजका श्रीमान जागेश्वर वलीले भारतीय आपराधिक गिरोहलाई प्रयोग गरेर ज्यान मार्ने धम्की दिएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले भने।

सडक कालोपत्रे गर्नका लागि अतिक्रमित संरचना हटाउने क्रममा वली दम्पतीको घरको पर्खाल भत्काएपछि उनले भारतीय आपराधिक गिरोह प्रयोग गरेको अध्यक्ष भण्डारीले बताए। साउन २९ गते  डोजर लिएर गएका ३ सय उपभोक्ताले बाटोमा वलीको पर्खाल भत्काएपछि साउन ३० गते बिहान देखि बारम्बार वडा सदस्य यमराज केसीलाई भारतीय ९१९०२८०१९९८१ लगायतका विभिन्न नम्बरबाट अध्यक्ष र सदस्यलाई गोलीले उडाउने, सुट गर्ने भन्दै छाडा रुपमा गालीगलौज गर्ने गरेका कारण परिवार समेत आतङ्कित र त्रसीत भएको पत्रकार सम्मेलनमा वडाध्यक्ष भण्डारीले जानकारी दिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्