समय : ०९:३६ am | शनिबार , श्रावण १२ गते २०८१

साढे सात महिना पछी वर्षा प्युठानका किसानलाई राहत

स्वर्गद्वारी अपडेट | वैशाख २६ गते २०८१

प्युठान।साढे सात महिना लामो अवधिपछि वर्षा भएपछि प्युठानका किसानलाई राहत मिलेको छ। लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली प्रभावित भएपछि निराश भएका किसान मंगलबार  बिहानदेखी  वर्षा भएर किसान हर्षित बनेका हुन्।

वर्षा नहुँदा खेतबारीमा लगाएका केहि ठाउँका मकै सुक्न थालेका थिए भने धानको बीउ समेत उम्रिन पाएको थिएन। तरकारीको उत्पादन न्यून हुँदा निराश बनेका किसान बर्खेबाली लगाउन पाउने भएपछि हर्षित बनेका छन्। 

सिँचाइको सुविधा भएका ठाउँका किसानभन्दा सिँचाइको सुविधा नभएका ठाउँका किसानलाई ठूलो राहत मिलेको छ। वर्षा भएपछि किसानलाई खेतबारी जोतखन गर्ने र बर्खे बाली लगाउन सहज भएको छ।

ढिलोगरी वर्षा भए पनि बारीमा मकै लगाउन, लहरेबालीलगायत विभिन्न तरकारी र बर्खे आलु लगाउन भने सहज भएको किसानको भनाइ छ। वर्षा भएपछि वनजङ्गलमा लागिरहेको डढेलो पनि नियन्त्रणमा आएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page