समय : १०:१० am | शनिबार , श्रावण १२ गते २०८१

गंगागम रोजिन एण्ड टर्पेन्टाइन आगलागी : १ करोड १३ लाखको  क्षति

स्वर्गद्वारी अपडेट | वैशाख ८ गते २०८१

प्युठान।गंगागम रोजिन एण्ड टर्पेन्टाइनको गोदाममा शनिबार करिब दिउसो २:२० बजेतिर आगलागी भएको छ।माण्डवी गाउँपालिकाको-३ देविस्थान स्थित गोदाममा आगलागी हुँदा ६ हजार ५ सय ३० डिब्बा (टिनको भाडो ) खोटो संकलन गरेको कच्चा पदार्थ खोटो जलेर नष्ट भएको गंगादम रोजिन एण्ड टर्पेन्टाइन कमर्चारी भुवन सिङ बस्नेतले बताए।कर्मचारी बस्नेतका अनुसार उक्त संकलन गरेको खोटो १ करोड १३ लाख बराबरको क्षति रहेको उनको भनाई छ ।

आगलागी भए लगत्तै जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएका नेपाल प्रहरीको टोलि, नेपाल आर्मी, जनप्रतिनिधि र स्थानीयले आगो नियन्त्रणमा ल्याउन पहल गरेका थिए।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक इश्वर थापाको कमाण्डमा झण्डै २ दर्जन प्रहरी परिचालन गरिएको थियो ।

यसैगरी आगो नियन्त्रणमा ल्याउन प्युठान नगरपालिका बिजुवारबाट  दमकल समेत आएको थियो।स्वर्गद्वारी अपडेटले समाचार तयार पार्दा समेत  आगो नियन्त्रणमा थिएन।घटनाको बिस्तृत विवरण अझै प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page