समय : ०२:२५ pm | शनिबार , माघ १२ गते २०८१

गौमुखीमा पर्यटक पर्खदै लालीगुराँस

लव कुमार अधिकारी | चैत्र १३ गते २०८०

प्युठान। प्युठानको गौमुखी गाउँपालिकामा पर्ने पर्यटकीय स्थल रुपाचौर क्षेत्रका डाँडापाखा फुलेको लालीगुराँसले बन छोपिन थालेका छन्।चैत महिना सुरु भएलगत्तै जिल्लाका विभिन्न स्थानका जंगल लालीगुराँस फुलेर राताम्मे छन्। पछिल्लो समय लालीगुराँस फूलसँग रमाउन र फोटो खिच्न पर्यटकहरुको संख्यामा वृद्धि आएको छ। 

लालीगुराँसले डाँडापाखा रमणीय देखिन थालेपछि आन्तरिक एवम् बाह्य पर्यटकको रुपाचौरमा चहलपहल बढेको छ।   नेपालमा पाइने ३२ मध्ये यहाँ सात प्रजातिका लालीगुराँस पाइन्छन्। वसन्त ऋतुमा  पाखाभरि ढकमक्क फुल्ले लालीगुराँसले रुपाचौरमा  डाँडापाखा  क्षेत्र रङ्गीन भएको छ। 

तीन महिना सुनसान बनेको यो क्षेत्र फागुनको दोस्रो सातादेखि पर्यटकको चहलपहल सुरु भएको स्थानीय जोगिन्द्र मल्ले बताए।वैशाखको पहिला सातामा डाँडापाखा लालीगुराँसले अझै ढकमक्क भएर सुन्दर देखिने हुँदा यो मौसम पर्यटकहरुको बढिरहेको स्थानीय मल्ले जानकारी दिए ।

समुद्री सतहदेखि तीन हजार तिस सय मिटर उचाइमा अवस्थित नांगीलेख उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा परिचित छ।नांगीलेखबाट एक दर्जनभन्दा बढी हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यको दृश्यावलोकन गर्न पाइन्छ। 

जिल्लाको प्रसिद्ध धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र गौमुखी, झाक्री ढुँगा,लिवांङ्,रजवारा,अर्घा,नांगीलेख, पन्चासे लेख,दियाल्न्ना,खुंगको गुफा,पुजाको लेख   जिल्ला भित्रका माथिल्लो भूभागमा लालीगुराँस राताम्ये फुलेका मनमोहक दृश्य देख्न सकिन्छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्