समय : ०९:५१ am | शनिबार , श्रावण १२ गते २०८१

‘स्कारपियो’ दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

स्वर्गद्वारी अपडेट | भाद्र १७ गते २०८०

भदौ १७ ,सिन्धुपाल्चोक । दोलखाबाट काठमाडौँ जाँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपिया लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 
 
सडकबाट करिब तीन सय मिटर तल सडकमा गाडी खसेपछि राति स्थानीयले उद्धार गरेका थिए । दुर्घटनाका घाइतेलाई  उपचारका लागि धुलिखेल पठाइएको प्रहरी जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page