समय : ११:५७ pm | मङ्गलबार , कार्तिक ६ गते २०८१

भिरबाट लडेर एक बालककाे ज्यान गयाे

स्वर्गद्वारी अपडेट | असार १८ गते २०८०

दार्चुला - दार्चुलाको अपि हिमाल गाउँपालिकामा भिरबाट लडेर एक जना बालकको ज्यान गएकाे छ ।

गाउँपालिकाको वडा नम्बर ६ धङकङ छिपुलाकेदार माध्यमिक विद्यालयकाे  कक्षा ५ मा अध्ययनरत समिर महताकाे भिरबाट लडेर ज्यान गएकाे हाे । उनी हिजाे विद्यालयमा खेलिरहेकाे बेला लडेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले स्कुलको कम्पाण्ड नजिकै खेलिरहेका बेला बालक लडेर झण्डै ६० मिटर तल पुगेका जानकारी दिनुभयाे । उनकाे घटनास्थलमै ज्यान गएकाे हाे ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्