समय : ०१:०१ pm | आइतबार , चैत्र ३ गते २०८१

गौमुखि ७ जिरो होम डेलिभरी वडा घोषणा

स्वर्गद्वारी अपडेट | असार २४ गते २०७९
जोगिन्द्र मल्ल, प्यूठान । गौमुखि गाउपालिका वडा नं. ७ लाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि पूर्ण सस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । गौमुखि गाउपालिका वडा नं. ७ मा आ व २०७८÷७९ मा ६९ जना गर्भवति महिलामध्य ४१ जनाले गौमुखि गाउपालिकाको वडा नं. ७ मा रहेको नारिकोट स्वास्थ्य चौकीमा सुत्केरी भएका छन । त्यस्तै अन्य २८ जनाले जिल्ला अस्पताल विजुवार लगायत आफुलाई पायक पर्ने स्थानबाट सुरक्षित सुत्ेकरी सेवा लिएको गौमुखि गाउपालिकाका स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद जैसीले बताएका छन ।   स्वास्थ्य शाखाका प्रमुख जैसीका अनुसार सुत्केरी हुने सतप्रतिशत नै स्वास्थ्य सस्थाबाट नै सुत्केरी भएकोले वडालाई जिरो होम डेलिभरी वडा घोषणा गरिएको हो । गौमुखि गाउपालिका वडा नं. ७ का अध्यक्ष तथा नारिकोट स्वास्थ्य सस्था ब्यबस्थापन समितिका अध्यक्ष कमल पुरीको अध्यक्षतासंगै सुरु भएको कार्यक्रममा लुम्बिनी प्रदेशका साम्सद तारा जिसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै घोषणा कार्यक्रममा जिल्ला समन्वयन समितिका प्यूठानका प्रमुख धरम जिसी , गौमुखि गाउपालिकाका अध्यक्ष बिस्नु कुमार गीरी ,उपाध्यक्ष महाबिर राना , प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल सुरक्षा कर्मी,स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मदुसुदन खडका महिला स्वयमसेविका लगायत स्थानियको सहभागीता रहेको थियो । कार्यक्रममा स्वास्थ्य चौकीको प्रतिबेदन तारा जिसी तथा गौमुखि गाउपालिकाको प्रगति प्रतिबेदन र भाबी योजनाको बारेमा गौमुखि गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले प्रस्तुत गरेका थिए । प्यूठानका ६४ वडामध्य गौमुखि गाउपालिका वडा नं. ७ जिसो होम डेलिभरी गर्ने वडामा प्रथम हुन सफल भएको छ । त्यस्तै यहि असार २६ गते गौमुखि गाउपालिकाकै वडा नं. ६ खुन लाई पनि पूर्ण सस्थागत सुत्केरी वडा घोषणा गर्ने कार्यक्रम रहेको गौमुखि गाउपालिकाले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्