श्रवण बस्नेत/लमही – देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन।घाइते हुनेमा लमही नगरपालिका -७ उच्चानिम्बु निवासी ४२ वर्षीय राम जनाम चौधरी रहेको वडा प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सोमबार बिहान ७ बजेको समयमा उच्चानिम्बुमा रा ४ प २६४७ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका-६ बस्ने तुलसीराम गैरेले चलाएको भे ११ प ५९३१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । घाइते चौधरीको दायाँ हात भाँचिएको छ ।
लमही अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि अन्यत्र अस्पताल लैजान चिकत्सकले सल्लाह दिएको घाइते चौधरीले बताए।ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको सम्पर्कमै रहेको र घाइतेको उपचारमा लाग्न भनेको वडा प्रहरी कार्यालयले जनाएको छ ।