दाङ।दाङमा बलात्कार आरोपमा एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१४ भोजपुर निवासी ३८ वर्षका चन्द्र मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
बालिकालाई ५ सय रुपैयाँ दिएर अभियुक्तले करणी गरेको आरोप लागेको छ। घटना पश्चात पिडितले दिएको जाहेरीका आधारमा प्रहरीले शुक्रबार साँझपख चन्द्र मगरलाई पक्राउ गरेको थियो।
प्रहरीले घटनाबारे थप अुनसन्धान अघि बढाएको छ।