समय : ०४:३६ am | सोमबार , वैशाख ७ गते २०८२

पत्रकार हत्यामा कारबाहीको माग गर्दै पत्रकार महासंघ प्युठानले बुझायो ज्ञापन-पत्र

स्वर्गद्वारी अपडेट | चैत्र १९ गते २०८१

प्युठान।नेपाल पत्रकार महासंघ प्यूठान शाखाले पत्रकार हत्या, सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा सरकारलाई ज्ञापनपत्र पठाएको छ।महासंघले पत्रकारहरूको पेशागत सुरक्षामा सरकार गम्भीर हुनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत महासंघले मंगलबार ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा काठमाडौंमा पूर्वराजाका समर्थकहरूको आन्दोलनमा रिपोर्टिङ गरिरहेका बेला मारिएका पत्रकार सुरेश रजकको हत्यामा न्यायिक छानबिन गर्न माग,कान्तिपुर टेलिभिजन, हिमालय टेलिभिजन, अन्नपूर्ण पोस्टसहितका सञ्चारगृहहरूमा भएको आगजनी, ढुंगामुढा तथा तोडफोडमा संलग्न व्यक्तिहरूलाई अविलम्ब पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरिएको छ। साथै, पत्रकारहरूलाई कार्यस्थलमा निर्भीक रूपमा समाचार संकलन तथा प्रकाशन गर्ने वातावरण निर्माण गर्न सरकारलाई अपिल गरिएको छ।

नेपाल पत्रकार मसहासंघ प्युठानका अध्यक्ष श्रीराम भण्डारी,सचिव बासुदेव गिरी सहितको पत्रकारहरुको टोलीले ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीलाई बुझाएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्