समय : ११:४९ am | बुधबार , असाेज २३ गते २०८१

ऐरावती पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

स्वर्गद्वारी अपडेट | जेठ ८ गते २०८१

प्युठान।प्युठानको ऐरावती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। 'स्थानीय श्रोतको उपयोग, स्वामित्व र  सहभागिता  पूर्ण खोप पालिका,हाम्रो प्रतिबद्धता ' भन्ने नाराका साथ खोप समन्वय समितिले सोमबार घोषणा गरेको हो। 

गाउँपालिका अध्यक्ष नविल विक्रम शाहको अध्यक्षता रहेको कार्यक्रमा जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जि सि को प्रमुख आतिथ्यतामा पालिका खोप समन्वय समिति , स्वास्थ्यकर्मी , महिला स्वास्थ्य स्व्यमसेविका,जनप्रतिनिधि सरोकारवाला निकायका प्रतिनिधि लगायतको उपस्थितिमा घोषणा गरिएको हो ।

प्युठान जिल्लामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न गर्नेमा ऐरावती गाउँपालिका तेस्रो रहेको र क्रमश जिल्लाका सबै पालिका घोषणा पश्चात् जिल्ला घोषण गरिने स्वास्थ्य कार्यलय प्युठानका प्रमुख हेमराज पाण्डेले बताए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि धरम बहादुर जि सी ले पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषण भएपनि यसलाई दिगोपना राख्न जिम्मेवारी थपिएको बताए।

गाउँपालिका अध्यक्ष शाहले सबै तह र तप्काबाट घोषणा गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गरेका थिए। शाहले पालिकाका साविकका वडामा कार्यरत स्वयंसेविका हरूलाई प्रोत्साहन स्वरूप व्यक्तिगत प्रयोजनका केही सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए। गाउँपालिकाले डिजिटल गाउँपालिकाको अवधारणा अनुरूप स्वास्थ्य सम्बन्धी सबै तथ्यांक डिजिटल माध्यममा सबैको पहुँच पुग्नेगरी राखिने अध्यक्ष शाहको भनाई छ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बालगोपाल श्रेष्ठले खोप सम्बन्धि वडागत तथ्यांक प्रस्तुत गरेका थिए । गाउँपालिकामा रहेका ३२ वटा खोप केन्द्रबाट खोप दिइन्छ ।  जिल्ला स्वास्थ्य कार्यालायले ५ थान हुइलचियर २९ बैशाखी जोडी र ४० थान लठ्ठी  वडा स्वास्थ्य चौकीहरू लाई प्रदान गरेको छ । कार्यक्रममा दाङवाङ स्वास्थ्य चौकीमा कार्यरत खेमराज आचार्य ,कल्पना गाहा पुरन्ठाँटी स्वास्थ्य चौकीमा कार्यरत उषा आर सि ,सुस्मा श्रेष्ठपकला स्वास्थ्य चौकीमा कार्यरत सिर्जना शाहा,मनिषा वस्याल धुवाङ स्वास्थ्य चौकीमा कार्यरत सुस्मा रोका,सुदन थापा रस्पुरकोट स्वास्थ्य चौकीमा कार्यरत अनिता थापा ,मोहन पाण्डे र बिजुली स्वास्थ्य चौकीमा कार्यरत सिवा थापा,पितम पुन मगर लाई प्रशंसा पत्र सहित सम्मान गरिएको हो ।

कार्यक्रममा गन्दर्भ समाजका कलाकारहरूले जनचेतनामूलक गीत प्रस्तुत गरेका हुन । कार्यक्रम स्वास्थ्य शाखा उप-प्रमुख शेर सिंह थापाले सञ्चालन गरेका थिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्