समय : ०६:४० am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा ट्राफिक कारबाहीबाट ७ महिनामा करिव ४१ लाख राजस्व संकलन

स्वर्गद्वारी अपडेट | फागुन २१ गते २०८०

प्युठान।चालु आर्थिक वर्षको प्रथम ७ महिनामा प्युठान जिल्लामा भएको ट्राफिक कारबाहीबाट रु ४० लाख ६६ हजार ५ सय राजस्व सङ्कलन भएको छ। ७ महिनाको अवधिमा ६ हजार ९ सय विभिन्न सवारी साधनलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानले जनाएको छ।

प्रहरीका अनुसार सो अवधिमा कारबाहीमा परेका ६ हजार ९ सय सवारी साधनमध्ये  ट्रक/टिपर ६ सय ५ वटा, बस/मिनिबस ५ सय २४, कार/जिप/भ्यान २६ सय ८२, ट्याक्टर ३ सय ३२, मोटरसाइकल २३ सय २५ र अटो ४ सय ३२ रहेका छन्।कारबाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल छन्।

सवारी साधन दुर्घटनामध्ये १ बस,४ जिप/कार , २ ट्याक्टर,९ मोटरसाइकल, १ जेसिबी रहेका छन्। त्यसै गरि घाइते संख्या २३ जना छन् भने ६ जनाको मृत्युको भएको जिल्ला ट्राफिक प्रमुख चन्द्र केसीले बताए।     

मादकपदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन भङ्ग गर्ने, क्षमताभन्दा बढी भार/यात्री राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमतिपत्र नभएका लगायत कारबाहीबाट उक्त रकम सङ्कलन गरिएको हो।

ट्राफिक जनचेतना कार्यक्रमको प्रभाव

जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको ७ महिनामा प्युठान जिल्लामा ५ सय ९७ पटक जनचेतनामूलक कार्यक्रम गरेको ट्राफिक कार्यालय प्रमुख केसीले बताए।जसमध्ये सवारी चालक,यात्रु ,बिद्यालय, यातायात व्यवसायी, र सरोकारवालासँग कार्यक्रम गरेको थियो।१७ हजार ७ सय ४५ जनाले प्रत्यक्ष जनचेतनामूलक कार्यक्रम सहभागी रहेको प्रमुख केसी भनाई छ।गत वर्षको तथ्यांक हेर्ने हो भने यो वर्ष ट्राफिक जनचेतना कार्यक्रमले राम्रो प्रभाव पारेको छ।'गत वर्ष भन्दा कम सवारी दुर्घटना न्यूनीकरण भएको छ।'उनले भने-'गत वर्ष राजस्व संकलन पनि कम थियो दुर्घटना धेरै थियो जसमध्ये कारवाहीमा वर्ष भरिमा ८ हजार ५० सवारी साधन,३३ दुर्घटना २९ मृत्यु,७७ घाइते रहेको ट्राफिक कार्यालय प्रमुख केसीले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए।'

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page