समय : ०९:१० am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा घुमन्ते ब्यापारीहरुलाई निषेध  

स्वर्गद्वारी अपडेट | फागुन ६ गते २०८०

प्युठान।प्युठान उद्योग बाणिज्य संघले घुमन्ते ब्यापारीहरुलाई निरुत्साहित गर्न पहिलो पटक जिल्लाका बिभिन्न ठाउँहरुमा लागि जानकारी मुलक होडिङ्ग वोर्ड राखेको छ।

अनधिकृत झोले कुम्ले ब्यबसायलाई निषेध गर्न उद्योग बाणिज्य संघले पहिलो पटक सुरुवात गरेको जनाएको छ। अनधिकृत रुपमा संचालन गर्दै आएका व्यवासायहरुलाई करको दायरामा लिई  निश्चित स्थानमा सटर लिएर ब्यबसाय गर्नु पर्ने प्युठान उद्योग बाणिज्य संघका महासचिव सन्देश आचार्यले बताए। 'जिल्लामा अनधिकृत घुमन्ते झोले कुम्ले ब्यापारी  बढ्दो क्रममा रहेको छ ' उनले भने –' यी ब्यापारीले गर्दा कर तिरेर व्यवसाय गरेका व्यवासायिहरुलाई प्रत्येक्ष असर पर्ने हुँदा त्यस्ता ब्यपारीहरुलाई  निरुत्साहित गर्नको लागि होडिङ्ग वोर्ड राखेका छौ।' संघले प्यूठानको मुख्य बजार क्षेत्रका विभिन्न स्थानहरुमा जानकारीमुलक होडिङ्ग वोर्ड राखिएको महासचिव आचार्यको भनाई छ।

संघले उक्त अनधिकृत घुमन्ते व्यवसायिहरुको कारणले गर्दा नेपाल सरकारले तय गरेको मापदण्डहरुको आवलम्बन गर्दै संचालन गरेका उद्योगी व्यवसायिहरुलाई मर्का पर्ने गरेको छ। साथै कमसल तथा गुणस्तरहिन सामाग्रीहरुको विक्रि वितरण गर्दा उपभोक्ताहरु समेत ठगिने भएकोले उक्त कार्यलाई निरुत्साहित गर्न सम्बन्धित सरोकारवाला निकायहरुलाई आग्रह समेत गरेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page