समय : ०६:१५ am | शनिबार , श्रावण १२ गते २०८१

करदाता सेवा कार्यालय प्युठानद्वारा १५ करोड बढी राजस्व संकलन

स्वर्गद्वारी अपडेट | माघ १० गते २०८०

प्युठान।करदाता सेवा कार्यालय चकचके प्युठानले आर्थिक वर्ष २०८०/८१ पौष मसान्तसम्म १५ करोड २५ लाख १३ हजार ९ सय ९६  रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालय प्रमुख उपेन्द्र पुनले  पौष मसान्तसम्मको अवधिमा आयकर तर्फ ४ सय ३०,मुल्य अभिवृद्धि तर्फ ४९,अन्त:शुल्क तर्फ २८ वटा व्यवासाय दर्ता र ९ सय १० जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएको बताए।

कार्यालयले आयकर, बहालकर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवाशुल्क, स्वास्थ्य सेवाशुल्क र विविध शिर्षकमा राजस्व संकलन गरेको हो। 

यस अवधिमा कार्यालयले सबैभन्दा बढी राजस्व आयकर शीर्षकमा रु  ८ करोड ४८ लाख ८ हजार ४ सय १३ संकलन गरेको छ। यसैगरी मूल्य अभिवृद्धि करमा ५ करोड ६३ लाख ४७ हजार ९ सय ४३, अन्त:शुल्क  करमा ८२ लाख ९९ हजार, ८ सय ४२ ,  पुँजीगत लाभ कर ७२ लाख  ६७ हजार ५ सय ७७,  शिक्षा सेवा शुल्क शैक्षिक संस्था १ लाख १०  हजार १ सय ७९ रुपैयाँ राजस्व संकलन गरेको हो।

यस अवधिमा ५ वटा करदाता शिक्षा कार्यक्रम संचालन भएको र सो कार्यक्रममा १ सय ९३ जना सहभागी रहेको अधिकृत पुनले बताए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page