समय : ०६:३४ am | शनिबार , श्रावण १२ गते २०८१

प्यूठानमा विद्युतिय गाडी सञ्चालनमा बृद्धि चार्ज स्टेशन अभाव

राधिका भुषाल | माघ ७ गते २०८०

प्यूठान।प्यूठान जिल्लामा विद्युतीय गाडी सञ्चालनमा बृद्धि भएको छ।विद्युतीय गाडीको आकर्षण बढेसंगै चार्ज स्टेशन अभाव खड्किएको हो ।

पछिल्लो वर्षहरुमा विद्युतीय सवारी साधनको लोकप्रियता बढेपछि प्यूठानमा पनि विद्युतीय गाडीको सञ्चालनमा बृद्धि भएको छ । रोल्पा र प्यूठानमा गरी हाल चार वटा सञ्चालनमा रहेका छन् भने अबको केही समयमै दर्जन पुग्ने विद्युतीय गाडी व्यवसायी तथा चालक प्रकाश भण्डारीले बताए ।

‘पेट्रोलीयम पदार्थबाट सञ्चालन हुने गाडि भन्दा विद्युतीय गाडि धेरै सस्तो र राम्रो लागेको छ ’ गाडी व्यवसायी एवं चालक भण्डारीले भने–‘गाडिले वातावरण प्रदुषण पनि नगर्ने र यात्रुहरुलाई  सहज हुने हुदा विद्युतीय गाडि नै मेरो रोजाइमा परेको हो ।’ अब रोल्पा र प्यूठानलाई मध्यनजर गरी माण्डवी गा.पा. ३ जस्पुरमा चार्ज स्टेशन सञ्चालन गर्न जरुरी रहेको उनले बताए । ४५ लाख ५० हजारमा किनेको सवार गाडी भित्र ११ सिट रहेको  भण्डारीले बताए । 

सिजी मोटर्सले ल्याएको विद्युतीय गाडीहरु अहिले अधिकाशं जिल्लाहरुमा पुगि सकेको सिजी मोटर्सका सिनियर सेल्स म्यान प्रकाश खनालले बताए । साना कारहरुको मुल्य ३९ लाख देखि सुरु रहेको र सवार गाडीहरु ४५ लाख देखि सुरु रहेको उनले जानकारी दिए । १ सय प्रतिशत चार्जमा ३ सय किलो मिटर सम्म गाडि गुड्ने बताउदैं २ लाख किलो मिटरसम्मको व्यारेन्टी रहेको समेत खनालको भनाइ छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page