समय : ०८:३१ am | शनिबार , श्रावण १२ गते २०८१

जिल्ला सहकारी संघको साधारण सभा सम्पन्न

राधिका भुषाल | पौष २४ गते २०८०

प्यूठान । जिल्ला सहकारी संघ लि. प्यूठानको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

सिदार्थ सामुदायीक बचत तथा ऋण सहकारी संस्थाको सभा हल प्यूठान नगरपालिका २ दाखाक्वाडीमा सोमबार साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्यूठान नगरपालिका नगप्रमुख विष्णु बहादुर योगीले नगरपालिकाले सहकारी एकीकरण एवं सहकारी क्षेत्रको विकास र प्रवद्र्धनका  लागि नगरपालिकाले संघ संग सहकार्य गरेर आवश्यक नीति ,कार्यविध अद्यावधिक गरी अघी बढ्ने बताए । ‘अब सहकारीहरु उत्पादन र बजारीकरण केन्दित हुनु पर्छ’ नगरप्रमुख योगीले भने–‘देशको अर्थतन्त्र चलाएमान बनाउन सहकारीको मुख्य भुमिका रहेको छ ।’ सहकारी राज्यको तीने खम्बे अर्थ नीति अन्तरगत एउटा महत्वपूर्ण खम्वा  रहेको भन्दै नगरप्रमुख योगीले चुनौतिहरुलाई सामना गर्दै अवसरलाई भरपूर्ण उपयोग गर्दै सहकारीलाई तीन खम्बा मध्ये एक बलियो खम्बाको रुपमा प्रमाणित गर्न सहकारीकर्मीहरुलाई आग्रह समेत गरे । यसका लागि सवै सहकारीकर्मीहरु सहकारी मुल्य मान्यता सिद्धान्तलाई आत्मसात  गर्दै एकतावद्द भएर आफ्ना क्रियाकलापहरु प्रस्तुत गर्नु पर्नेमा जोड दिए । बर्तमान समयमा सहकारी प्रतिको विश्वास अझ बढाउन सहकारीकर्मीहरुको भुमिका थप जरुरी रहेको भन्दै नगर प्रमुख योगीले सहकारी क्षेत्रले जनताको  जीवनस्तर परिवर्तन गर्न फरक ढंगबाट सकारात्मक कार्यको चरित्र देखाउनु आग्रह गरे ।

साधारण सभामा संघका सचिव बेगम घर्तीमगरले प्रगति तथा प्रस्तावित प्रतिवेदन, कोषाध्यक्ष पवित्रा जि.सीले आर्थिक प्रतिवेदन र लेखा समिति सुपरिवेक्षण संयोजक निरज सुवेदीले लेखा प्रतिवेदन प्रस्तुत गरिएका थिए । सभामा सहभागी प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधिहरुले बीच व्यापक छलफल भइ उक्त प्रतिवेदन तथा प्रस्तावित कार्यक्रमहरु पारित गरेका छ ।

संघका उपाध्यक्ष खिम बहादुर जि.सी. को स्वागत मन्तव्यसंगै सुरु भएको साधारसभामा संघका सल्लाहकार लोक बहादुर बस्नेत, भोज बहादुर बस्नेत, प्राविधिक सल्लाहकार प्रकाश बैद्य, जिल्ला कृषि संघका अध्यक्ष दिन बहादुर जि.सी लगायतले आफ्नो मन्तव्य राखेका थिए । 

संघका अध्यक्ष सुशीलल पोखरेलको अध्यक्षता भएको सभामा जिल्लाका प्रारम्भिक सहकारी संस्थाका १ सय जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । साधारण सभाले संघको आगामी कार्य योजना तथा प्रस्तावित बजेट सर्वसहमतिले पारित गरेको छ ।   

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page