प्युठान। भोलि रोल्पा,प्युठान र अर्घाखाँचीका केही स्थानहरुमा बत्ति जाने भएको छ ।
झिमरुक जलविधुत केन्द्रको पावरहाउसको कन्ट्रोल रुममा मर्मत कार्य गर्नु परेकाले झिमरुक केन्द्रबाट प्रसारण हुने ३३ के.भी लाईन भोलि बिहान ११ बजे देखी दिउसो ३ बजे सम्म बन्द हुने बुटवल पावर कम्पनी लिमिटेडले जनाएको छ।
केही समय विद्युत कटौती गर्ने भए पछि रोल्पा,प्युठान र अर्घाखाँचीका केही ठाउँहरुमा त्यसको असर पर्ने भएको हो ।