समय : ०८:१० pm | शनिबार , श्रावण १२ गते २०८१

गार्डियन माइक्रो लाइफको नयाँ उपशाखा प्युठानमा विस्तार

स्वर्गद्वारी अपडेट | मंसिर १७ गते २०८०

प्युठान।गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ उपशाखा प्युठानमा विस्तार भएको छ । कम्पनीले ग्रामीण भेगका स्थानीयलाई समेट्ने गरि जीवन बीमा सेवा प्रदान गर्न प्युठानको जुम्री जाल्पारोडमा  आईतबार देखी नयाँ उपशाखा सञ्चालनमा ल्याएको हो ।

कम्पनीका क्षेत्रीय प्रबन्धक बिमल खड्का, प्युठान उपशाखा प्रमुख प्रकाश गौतम ,प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर योगी, नेपाल पत्रकार महासंघ प्युठान शाखा अध्यक्ष संजय रिजाल प्युठान नगरपालिका नगर प्रवत्ता सुमन राज श्रेष्ठ, तथा व्यवसायीहरुको सहभागितामा नगर प्रमुख बिष्णु बहादुर योगीले रिबन काटेर उद्घाटन गरिएको हो।

कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक खड्काले बीमाको महत्वको बारेमा प्रकाश पारेका थिए।उक्त उपशाखाबाट समेत कम्पनीबाट दिइने सम्पूर्ण सेवाहरु उपलब्ध हुने खड्काले बताए। उनले भने –"अति  बिपन्न निम्न आयस्रोत भएका व्यक्तिहरुलाई लक्षित गरेर यस सँस्थाले सबै बर्गलाई समेट्ने छ।"अनलाईन बाट नै पोलिसी खरिद गर्न सकिने बताए।

नगर प्रमुख योगीले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको उपशाखा प्युठान नगरपालिकामा विस्तार गर्दा सो क्षेत्रका स्थानीयले स–सानो रकम जम्मा गरि बीमा गर्ने विश्वास ब्यक्त गरे।उनले  भने –"यस सँस्थाले कार्यक्रमलाई कसरी प्रभावकारी हुने हो त्यो कामको आधारमा नगरपालिका सँग सहकार्य गर्न सम्भावना रहेको बताए नगर प्रमुख योगीले बताए।  

बीमाको पहुँच नपुगेको क्षेत्रलाई केन्द्रीत गर्दै शाखा विस्तार गर्दै लैजाने कम्पनीले जनाएको छ।कार्यक्रम संचालक मुक्ति पोख्रेलले गरेका थिए।   

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page