समय : १२:१५ pm | शनिबार , श्रावण १२ गते २०८१

कर सप्ताह समापन, प्युठानमा उत्कृष्ट करदाता सम्मान

स्वर्गद्वारी अपडेट | मंसिर ७ गते २०८०

प्युठान ।कर सप्ताह कार्यक्रम आज समापन गरिएको छ ।

सप्ताहव्यापी कार्यक्रम गरेको करदाता सेवा कार्यालय प्युठानले आज कार्यालय परिसरमा एक कार्यक्रम गरी उत्कृष्ट करदातालाई सम्मान गर्दै कार्यक्रम समापन गरेको हो ।

हरेक वर्षको आर्थिक बर्षमा आयकर बढी तिर्ने करदातालाई प्रोत्साहन स्वरुप प्रत्येक वर्ष सप्ताहव्यापी कार्यक्रममा करदाताहरुलाई सम्मान गर्ने गरेको करदाता सेवा कार्यालय चकचकेका कार्यालय प्रमुख उपेन्द्र पुन मगरले जानकारी दिए।

आर्थिक बर्ष ०७८/७९ मा बढी आयकर तिर्ने करदाता शोनु फ्युल एण्ड अटो केमिकल्स, खुंग्री, रोल्पा, नितेश अर्डर एण्ड सप्लायर्स, बाग्दुला, प्यूठान र विजुवार महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड, प्यूठानलाई सम्मान गरिएको थियो ।

‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ मनाइएको बाह्रौँ कर दिवस तथा कर सप्ताह आज सप्पन्न भएको छ।करदाता सेवा कार्यालय, चकचके, प्यूठानको आयोजना तथा प्यूठान उद्योग वाणिज्य संघ र रोल्पा उद्योग वाणिज्य संघको सहकार्यमा करदाता सेवा कार्यालयमा प्युठानमा सम्पन्न भएको हो।मंसिर १ गते देखी ७ गते सम्म हरेक वर्ष कर सप्ताह मनाउँदै आइरहेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page