समय : ०५:१६ am | आइतबार , भाद्र २२ गते २०८१

आज साउने सङ्क्रान्ति, घरघरमा लुतो फालेर मनाइँदै

स्वर्गद्वारी अपडेट | श्रावण १ गते २०८१

स्वर्गद्वारी अपडेट समाचार डेक्स । आज साउन महिनाको पहिलो दिन, विभिन्न कार्यक्रमका साथ साउने सङ्क्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलो मैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने सङ्क्रान्ति पर्व मनाउने गर्दछन् ।

हिलो माटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने सङ्क्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, सङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ ।

यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास छ साउन महिना भगवान् शिवको पूजा गरेर पनि मनाइन्छ । महिलाहरूले हरियो चुरा, रातो, पहेँलो वस्त्र, मेहन्दी लगाउँछन् र साउनको प्रत्येक सोमबार व्रत बसेर शिवको पूजा गर्दछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्