समय : ०८:२८ am | शुक्रबार , कार्तिक २ गते २०८१

समुदायमा प्रभाव पार्ने धार्मिक अगुवाको तेस्रो त्रैमासिक जुम्रीमा सम्पन्न

सन्तोष सुनार | असार २८ गते २०८१


प्यूठान । समुदायमा प्रभाव पार्ने धार्मिक अगुवाहरुको तेस्रो त्रैमासिक संवाद पत्र कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ ।

विहिबार मल्लरानी ग्रामिण विकास सरोकार केन्द प्यूठानद्वारा सञ्चालीत युएसएआईडी किशोरकिशोरी प्रजनन स्वास्थ्य कार्यक्रम अन्र्तगत केयर नेपाल, एचडीआई, जपाईगो, आयोन नेपाल, सिआरएस कम्पनी र मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रको समन्वय तथा सहकार्यमा समुदायमा प्रभाव पार्ने धार्मिक अगुवाको तेस्रो त्रैमासिक संवाद पत्र कार्यक्रम जुम्रीमा रहेको आयुष्मा होटेलमा सम्पन्न भएको हो ।

कार्यक्रममा किशोरकिशोरी मैत्री सेवाहरु निजि तथा सरकारी स्वास्थ्य संस्था बाट पाईरहेका अवस्थाा र त्यसको बारेमा कार्यक्रम अधिकृत माधव खनालले जानकारी गाराएका थिए । त्यस्तै बाल विवाहको अन्त्य , अनिच्छित गर्भाधाराणमा कमी , परिवार नियोजन जानकारी किशोरकिशोरी मैत्री स्वास्थ्य सम्बन्धि अधिकृत ॠषि न्यौपाने र मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र प्यूठानका व्यवस्थापक राजु केसीले जानकारी गराएका थिए ।

कार्यक्रममा सापडाडाँ स्वास्थ्य चौकीको सि.अ.न.मी. गोमा खनालले किशोरीहरु महिनावारी हुदा चाहिने सेनेटाइजरी प्याड उपलब्ध गराउनुको साथै महिनावारी हुनु र सुत्केरी हुनु उस्तै उस्तै भएकाले खानामा सन्तुलित रुपमा खानुपर्ने , यो अवस्थामा परिवारले हौसला प्रदान गर्नुपर्ने , महिनावारी भएको वेला प्याड परिवर्तन ६÷६ घण्टाको फरकमा गर्ने परामर्श गराउने गरेको बताएकी थिइन । घरमा छोरी ,बुहारी वा श्रीमती महिनावारी हुदा छोएको खान हुदैन , गोठ बसाल्नुपर्छ वा छुट्टै बसाल्नु पर्छ भन्ने सोच अन्त्यको घरको बुबाआमाको विशेष भुमीका रहने भएको बताउदै कार्यक्रममा उपस्थित समुदायमा प्रभाव पार्ने धार्मिक अगुवाहरुलाई परिवार ,समाजमा जनचेतना फैलाउन खनालले आग्रह गरेकी थिइन ।

कार्यक्रममा उपस्थित समुदायमा प्रभाव पार्ने धार्मिक अगुवाहरुले पनि विगतको जस्तो समय नभएको भन्दै छोराछोरी बराबरी हुन , विभेदको अन्त्य गर्नुपर्छ , लैङ्गिक हिंसाको अन्त्य गर्नुपर्छ , उमेर नपुगेका बालबालिका विहे गर्न चिना हेराउन आएको समयमा ग्रहदशा नराम्रो छ भन्ने चेतना दिएको बताएका थिए । मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र प्यूठानको सचिव निर्जला कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कोषादक्ष्य पुनम श्रेष्ठ, युएसएआईडी सिआरएसमा कार्यरत सुर्य पौडेल, गिरीराज भण्डारी , पत्रकार लगायत समुदायमा प्रभाव पार्ने धार्मिक अगुवाहरुको उपस्थित रहेको थियोभने कार्यक्रमको सञ्चालन एआरच जेसी अधिकृत राजकुमार रावतले गरेका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्