समय : ०९:१० am | शनिबार , श्रावण १२ गते २०८१

झिमरुकको पुनको भाचिएको हातको निशुल्क उपचार

सन्तोष सुनार | माघ १८ गते २०८०

प्युठान । जिल्लाको झिमरुक गाउँपालिका ६ मर्कबाङ लेखको उमा पुनको छोरा अर्जुन पुनको भाचिएको हातको निशुल्क उपचार भएको छ ।

पुन घरमा मङ्गलबार घरको आगनमा लोट्दा उनको दायाँ हातको पाखुराबाट हात भाचिएको थियो । पुनलाई बुधबार जिल्ला अस्पतालमा भर्ना गरिएको पारीवारीक श्रोतले जनाएको छ । उनको भाचिएको हातको उपचारमा शल्यिक्रिया गर्नु परेको लागत दुई लाख लाग्ने भएको तर परिवारको आर्थिक अवस्था निकै न्युन रहेको हुदा झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा , वाईसियल नेपाल प्युठानका संयोजक मोहोन परिवार र अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. राजेन्द्र पौडेलको समन्वयमा निशुल्क उपचार भएको उनको आमा उमा पुनले स्वर्गद्वारी अपडेटलाई बताईन ।

पुनले छोराको उचारमा सहयोग गरेकोमा सम्पुर्णप्रति धन्यावाद समेत दिएकी छिन । समाजमा परेको समस्याहरुको समाधान गर्नु मेरो कर्तव्य तथा जिम्मेवारी भएको गाउपालिकाका अध्यक्ष पित बहादुर महतराले बताए । डा. राजेन्द्र पोडेल पोखरा हुदा प्युठानको हाडजोर्नी सम्बन्धित धेरै विरामीको उपचार निशुल्क गर्नु भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page