समय : १०:२२ am | शुक्रबार , कार्तिक २ गते २०८१

माओवादी रुपान्तरण अभियान प्युठानका संयोजक आचार्य सहित चार जनालाई विदाई

सन्तोष सुनार | पौष १७ गते २०८०


प्युठान । नेकपा माओवादी विशेष रुपान्तरण अभियान प्युठानका संयोजक निर्मल आचार्य सहित चार जनालाई विदाई गरिएको छ ।


जनतासँग विशेष रुपान्तरण अभियान “घर घरमा माओवादी जन जनमा माओवादी“ भन्ने मुल नाराको साथ सञ्चालन गरिएको चार महिने अभियानको क्रममा आएका नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्युठान जिल्लाको संयोजक निर्मल आचार्य , केन्द्रिय सदस्य रुद्र बन्जाडे , लुमाकान्त न्युपाने र लोकराज जैसीलाई पार्टीको वडा न. २ को वडा कमिटिमा एक कार्यक्रम बिच मङ्गलवार विदाई गरिएको नेकपा माओवादी केन्द्र पार्टी प्युठान जिल्लाको संयोजक नमराज अधिकारी (रोशन) ले स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो ।

विदाई कार्यक्रममा नेकापा माओवादी केन्द्र साहयक संगठन वाईसेल नेपाल प्युठानको नेतृत्वमा उच्च कामको उपलब्धिहरुलाई सम्मान गर्दै पार्टी संयोजक नमराज अधिकारी (रोशन ) र वाईसेल नेपाल प्युठानका संयोजक मोहोन परियारले प्रशंसा प्रमाण पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा पार्टी संयोजक अधिकारीले यो चार महिना सम्म समय दिई महत्वपुर्ण उपलब्धिहरुमा सहयोग गरेकोमा उहाहरुप्रति सम्मान सहित विशेष धन्यावाद ज्ञापन गरेका हुन । यो अभियानले पार्टी र जनताको दुरी कम गरेको विश्वास व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा संगठन वाईसेल नेपाल प्युठानका संयोजक मोहोन परियारले केन्द्रका नेताहरुसँग घुलमिल गर्न पाउदा र राजनितिक बारे ज्ञानहरु आर्जन गर्न पाउदा हामी युवाहरुमा अझ जोस जागर लागेको बताएका थिए । यो चार महिने अभियानले नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसेल नेपाल प्युठानको संगठनमा युवाहरुको आकर्षण बढेको समेत संयोजक परियारले बताए । उनले यो संगठनलाई अझ व्यवस्थापन र सुदृढ तरिकाले अगाडी लैजाने प्रतिवद्धता समेत गरेका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र प्युठानको प्युठान नगर कमिटिका अध्यक्ष विष्णु बहादुर योगी ,दलित मुक्ति मोर्चा प्युठानका अध्यक्ष केशव विक, अखिल नेपाल शिक्षक संगठन प्युठानका सदस्य दामोदर विष्ट, वाईसेल नेपाल प्युठानका सचिव सिमान्त न्युपाने , सदस्य किरण खड्का , अनेरास्वीयु (क्रान्तिकारी) प्युठानका इन्चार्ज पुष्कर शर्मा , प्रदेश कमिटिको सदस्य खिमलाल न्युपाने , अनेरास्वीयु (क्रान्तिकारी) प्युठानका अध्यक्ष प्रेम बहादुर विश्वक्रमा , उपादध्यक्ष तारा बहादुर घर्ति मगर लगाएतको उपस्थित रहेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्