समय : ०४:१३ am | शनिबार , श्रावण ४ गते २०८१

पर्यटक पर्खदै नौबहिनी

स्वर्गद्वारी अपडेट | चैत्र २४ गते २०७९
लव कुमार अधिकारी प्रशस्त सम्भावना भएका प्युठानका पर्यटकीयस्थल ओझेलमा परेका छन।जिल्लामा बिभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरु धेरै भएपनि संरक्षण र प्रचार प्रसार हुन नसक्दा  पर्यटकीय स्थलहरु अझैसम्म पनि ओझेलमा परेका हुन। ऐतिहासिक, धार्मिक तथा बिभिन्न सांस्कृतिक महत्व बोकेका सम्पदा तथा प्राकृतिक सम्पदा  जिल्लाका यस्ता स्थलहरू संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेका छन्। प्युठान जिल्लाको स्वर्गद्धारी, गौमुखी, ऐरावती, भित्रीकोट पछिको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय तिर्थस्थल नौवहिनी हो।नौबहिनी प्युठान जिल्लाको सदरमुकाम खलङगाबाट पश्चिम–उत्तरमा अवस्थित छ।नौबहिनी धर्मिक हिसाबले पुण्य थलो, प्राकृतिक हिसाबले अद्वितीय रमणीय र पुरातात्विक हिसाबले ऐतिहासिक रहेको छ।नौवहिनी गाउँपालिका १ स्याउलिबाङ्ग गाउँको नजिकै पर्ने नौवहिनी पर्यटकीय दृष्टिकोणले सुन्दर ठाउँ  मानिन्छ।पर्यटकीय स्थल नौवहिनीको नामबाटै गाउँपालिकाको नामाकरण समेत नौवहिनी राखिएको हो। जिल्लाकै उच्च स्थानमा रहेको कोठेभिर हिमाल पनि यसै क्षेत्रमा पर्दछ।नौबहिनी गाउँपालिका स्याउलीबाङ पर्ने अग्लो पहाड कोठीभीरमा रहेको छ।हाल देवस्थलको रुपमा पूजा गरिने उक्त स्थान प्राकृतिक हिसावले निकै रमणीय छ।जिल्लाको मुख्य बजार बाग्दुला देखी १३ किलोमिटर कच्ची सडक पार गरेपछि नौवहिनी  गाउँपालिकाको केन्द्र बाहाने बजार पुगिन्छ।स्याउलिबाङ्ग बासीहरुको मुख्य पेशा खेतिपाती नै हो।यस क्षेत्रका बासिन्दाहरुको मुख्य खेती आलु उत्पादन हो।आलुसंगै यस क्षेत्रमा मकै, गहुँ कोदो पनि केहि मात्रामा उत्पादन हुने गर्दछन्।नौबहिनी रोल्पा, बाग्लुङ्ग जिल्लाको सिमानामा पर्छ।यो समुद्री सतहबाट १६३७ मिटरको उचाइमा रहेको छ ।स्थानीय सरकार आएपछि गाउँ गाउँमा मोटर बाटो पुर्याएकाले स्याउलीबाङको ठुलो गाउँ यातायातको व्यवस्था पनि छ।स्याउलीवाङ गाउँ पुगेपछि त्यहाँ स्थित ठूलो गाउँबाट पश्चिम उत्तरमा रहेको पंधेराखोलाको किनारै किनार पश्चिम उत्तर उकालो चढ्दै गएपछि नौ बहिनी  पुगिन्छ।यहाँबाट करिब साढे एक किलोमिटर उकालो चढ्नु पर्दछ। यस ठाउँमा नौ बहिनीहरु (जसलाई देवीका रुपमा पुजा पनि गरिन्छ) नौ दिशाबाट त्यहां जम्मा भएर आफ्ना नाता सम्बन्धका बारेमा ठूलो छलफल गरी त्यस वरपरको क्षेत्रमा सामाजिक थिति बसाएका थिए रे।कूल, नाता र वंशको नामाकरण गरेका थिए रे।विभिन्न अनुहार, कूल र वंशका मानिसहरुको सृष्टि त्यहीबाट भए गरेको भन्ने किम्बदन्ती रहेको छ।नौवहिनी झरना, गुफा हेर्नका लागि पर्यटकहरुको सहायता होस भन्ने उदेश्यले पदमार्ग निमार्ण गरिएको छ।यी क्षेत्रको संरक्षणमा समेत स्थानियहरु जुटेका छन।नौवहिनीमा विभिन्न झरना, मनमोहक दृश्य हुदाहुदैँ पनि ओझेलिएको छ।सड्क सञ्जाल गाउँसम्म नपुग्दा यो क्षेत्र ओझेलिएको यस क्षेत्रका स्थानियहरु बताउछन्।नौवहिनी गाउँपालिका १ मा पर्ने यस क्षेत्र सड्क सञ्जालमा नजोडिदा यहाँका स्थानियहरु चिन्तीत छन्।जिल्लाका सबै क्षेत्रमा सड्क पुगेपनि यो क्षेत्रमा सड्क नपुग्दा यो क्षेत्र विकासमा पछाडी परेको छ।विकास संगै पर्यटकीय स्थलहरु समेत लोप हुने अवस्थामा छन्।सड्क नै नहुँदा ओझेलमा परेको छ।यो समुन्द्री सतहदेखी ३ हजार ६ सय ५९ मिटर उचाईमा छ। यस ठाउँमा पुगेपछि विभिन्न हिमाल, नौवहिनी क्षेत्र, गौमुखी क्षेत्र अवलोकन गर्न सकिने वडा अध्यक्ष धन बहादुर बूढा बताए।यस ठाउँमा गाउँपालिका २०७६जेठ ६ गते नेपालको झण्डा समेत फहराएको छ।यस क्षेत्रको विकास र कोठेभिर क्षेत्रको पहिँचान संगै संरक्षणका लागि झण्डा गाडिएको  बताए।झण्डा गाडिनुका साथै यस क्षेत्रमा रहेका नौवहिनी र कोठिभीर क्षेत्रको विकास र संरक्षणमा जुटन समेत गाउँपालिका कटिवद्ध हुने निर्णय समेत गरिने अध्यक्ष बूढाको भनाई छ।स्याउलिबाङ्ग गाउँ नजिकै मन्दिर निमार्ण गरि नौवहिनी देउताको पुजा गरिन्छ।एक वर्ष विराएर बैशाखे पूर्णिमामा पुजा गरिन्छ। जिल्लाकै दुर्गम क्षेत्रमा अवस्थित नौवहिनीका विषयमा धेरै चर्चा गरेको पाईन्छ । नौवहिनीको किवदन्ती नै फरक छ।यस क्षेत्रमा नौवहिनीहरु संगै बसेको भन्ने सुन्न सकिन्छ।नौवहिनी बस्नका लागि गुफा, खेत उत्पादनका लागि खेतका गहरा, नौवहिनी नुहाउने पधेरो देख्न सकिन्छ।नौवटा बहिनी बसेको ठाउँ भएर यस ठाउँको नाम नौवहिनी राखिएको भन्ने किवदन्ती पाईन्छ । नौवहिनीका विषयमा यस क्षेत्रका अग्रजहरु व्यक्तिहरु फरक फरक धारणा बताउने गर्छन् ।नौवहिनी भएका ठाउँका मानिसहरुले प्राय तामा उत्खनन गर्ने गर्दथे भन्ने सुनिन्छ।जुन ठाउँमा स्याउदा खसाल्यो उक्त ठाउँको नाम स्याउलाबाङ्ग हुदै स्याउलीबाङ्ग राखिएको स्थानीयवासीले बताउछन।यी यस्ता घट्नाले पनि नौवहिनी मानिसको संरक्षण गर्ने र बस्ती बसाउने स्थान भएकाले यसको संरक्षणमा गाउँपालिका नै जुटेको गाउँपालिका प्रमुख डिल बहादुर थापा बताउछन।  लेखक रेडियो स्वर्गद्वारी प्युठानको स्टेशन प्रमुख हुन।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page