समय : १२:२९ pm | बुधबार , माघ २३ गते २०८१

मुख्यमन्त्री आचार्यले गरे विद्यार्थीसंग छलफल

स्वर्गद्वारी अपडेट | माघ २२ गते २०८१

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रोल्पाका विद्यार्थीहरुसँग छलफल गरेका छन् । रोल्पा जिल्ला कोटगाउँ स्थित नेपाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीसंग मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेका हुन् ।

मुख्यमन्त्रीसंगको भेटमा विद्यार्थी तथा शिक्षकहरुले विद्यालय सम्म पुग्ने सडक नबनेको भन्दै बनाउन अनुरोध गरेका छन् । उनीहरुले मुख्य सडक देखी विद्यालय सम्म पुग्ने करिब दुई सय मिटर सडक पक्कि बनाउनुपर्ने माग राखे । मुख्यमन्त्री आचार्यले विद्यार्थी तथा शिक्षकहरुले राखेको माग सम्वोधन गर्ने बारेमा सरकारले पहल लिने प्रतिबद्धता जनाए ।

‘तपाईहरुले राम्रो संग पढ्नुस, ज्ञान हाँसिल गर्नुस । सरकारले तपाईहरुको विद्यालय सम्म पुग्ने सडक बनाउछ,’ मुख्यमन्त्री आचार्यले भने, ‘यस बर्ष नभए अर्को बर्ष यसलाई बनाउनेगरी काम हुन्छ । हामिले यो माग पत्र भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाउछौं ।’

विद्यार्थीहरुले बाटो नबन्दा बर्षातको समयमा हिलो र हिउँदको समयमा धुलोले हैरानी हुने गरेको मुख्यमन्त्रीलाई जानकारी दिए । विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर पुन सहित विद्यार्थीहरुले मुख्यमन्त्रीसंग छलफलका क्रममा बिबिध विषयमा कुराकानी गरेका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्