प्युठान।धितोपत्र नियमननियकायहरुको अन्तराष्ट्रिय संगठनको आह्वानमा बिश्व लगानी सप्ताह २०२४ कार्तिक ६ गतेदेखि १२ गतेसम्म साताब्यापी विविध कार्यक्रमहरु आयोजना गरी मनाइएको छ।हिमालयन क्यापिटलद्वारा प्युठानको बिजुवार र जस्पुरमा शनिबार लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको हो।
साताब्यापी उक्त कार्यक्रम मार्फत धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई लगानी शिक्षा, सचेतना, बजार विकास तथा सुधारका पक्ष लगायतका बारेमा सचेतना कार्यक्रम गरेको थियो।कार्यक्रममा हिमालयन बैंक प्युठानका शाखाका कर्मचारी,शिक्षक, संचारकर्मी तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो।
उक्त कार्यक्रमको सहजीकरण हिमालयन क्यापिटलका प्रमुख संचालन अधिकृत रामप्रसाद भट्टराईले गरेका थिए।हिमालयन सेक्युरिटीका प्रमुख ब्यबसाय तथा संचालन अधिकृत कमल पोख्रेलले छलफलमा उठेका प्रश्नहरुमा सवाल जवाफ समेत सम्बोधन गरेका थिए।
विश्व लगानीकर्ता सप्ताह सञ्चालनबाट धितोपत्र तथा बस्तु विनिमय बजार सम्बन्धी सूचना, गतिविधि तथा महत्वका बारेमा नयाँ लगानीकर्तालाई अवसर प्रदान गर्न तथा पुराना अनुभवी लगानीकर्तालाई थप प्रोत्साहन गर्नको लागि प्युठानमा गरिएको उक्त कार्यक्रमले पूँजीबजारको चेतनालाई थप अभिबृद्धि हुने भट्टराईले विश्वास समेत ब्यक्त गरे।