समय : ०६:१५ am | बिहिबार , कार्तिक ८ गते २०८१

मनै लोभ्याउने सरुमारानीको ‘रानीकुवा’

लव कुमार अधिकारी | भाद्र २२ गते २०८०

वरिपरि ठुला-ठुला पहाड, बीचमा घना जङ्गल र हरियाली।रुखै-रुखले घेरिएका हरियाली घाँस र बुट्यानले भरिएको सुन्दरतामा चमक थपिएको "रानीकुवा शान्तिपार्क"।हिउँद होस् या बर्षातको समयमा निकै आकर्षक देखिन्छ।पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ।खासगरी यो याममा धेरैलाई शीतलता प्रदान गर्ने छहारी बनेको छ।शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुने र ऐतिहासिक तथा प्राकृतिक महत्वले युक्त रानीकुवा अहिले आन्तरिक पर्यटकहरुको मनमोहक स्थल बन्दै गएको छ।

सरुमारानी गाउँपालिकाको व्यापारिक केन्द्र बडडाडा बजारबाट करिव ३ किलो  मिटर पक्की सडक हुँदै रानिकुवा प्रवेशद्वार भेटिन्छ।रानिकुवा घना जंगलको बिचमा रहेको छ।तलतिर भिरालो जमिन, माथि तिर गाउँबस्ती छन्। आन्तरिक पर्यटक यहाँ हरेक मौसममा पुग्ने गरेका छन्।शनिबार तथा बिदाको समयमा व्यापारी र अन्य नागरिक यहाँ घुम्न जाने गरेका छन् ।पर्यटकीयस्थल गढीदरबारको सामिप्यतामा रहेको रानीकुवा शान्तिपार्क यसकारण पनि पछिल्लो समयमा एक आकर्षक गन्तव्य बन्दै गएको छ।अझ वर्षातका बेलामा वरपरको हरियाली वातावरणले मनै लोभ्याउँछ।

विगतका वर्षभन्दा पछिल्लो दुई वर्षयता यहाँ घुम्न आउनेको सङ्ख्यामा वृद्धि भएको स्थानीय ८५ वर्षीय चन्द्र बहादुर नेवार बताउछन।उनी भन्छन –'भुरे राजाको पालामा उत्तर दिशामा काठको ढोका थियो,माझमा ईनार थियो ईनारको बिचमा डोण रहेको त्यसैमा काडका खिया लागेको टुक्रा-टुक्री देखिन्यो।छेउमै रहेको घर भताभुङ्ग भत्केको थियो।पँधेरोमा ढुङ्गाको धारा थियो, रानीले नुहाउने ढुङ्गाले कुँदेको गमला थियो त्यसै ठाउँमा ढुङ्गामा कुँदिएको बागको चेहरा भएको धारा थियो।त्यो धारा अझै देख्न सकिन्छ तर सिङ भाचिएको छ।" रानीकुवासँग अस्थित्व जोडिएको गढी दरबारको संरक्षणमा पालिकाले खासै चासो नदिएको उनको भनाई छ।रानीकुवा शातिपार्कमा सरुमारानी गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धनका लागि करोडौ लगानीमा गरिसेको छ । उक्त स्थानमा प्रतिक्षालय र कार्यक्रमको लागी सभाहल, चौपारी सिढी, रेलीङ्ग, बेन्च निर्माणले झनै थप आकर्षण बनेको छ ।

रानीकुवाबाट देखिने सरुमारानी लेक,नागबेली बाटो,माडी नदीको गहिरो खोंचको   दृश्यले आगन्तुकलाई मनै लोभ्याउने गरेको छ।सरुमारानी गाउँपालिका  अध्यक्ष बिश्वकर्माले ऐतिहासिक गढीदरबारमा भौतिक संरचना निर्माण गर्ने, स्वर्गद्वारी मन्दिर प्रबेशद्वारा रहेको सरुमारानी गाउँपालिकालाई पर्यटकीयहबका रुपमा विकास गर्ने बताउछन।उनि भन्छ-“पछिल्लो समय रानिकुवा शान्तिपार्कमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ, रानिकुवा शान्तिपार्क स्थानीय सरकार स्थापना भएदेखि धेरै संरचना बन्दै आइरहेको छ।" शौचालय र खानेपानीको व्यवस्थापन राम्रो भएको हुँदा विशेष गरि पिकनिक स्पोर्टको लागि अति उत्तम ठाउँ रहेको बताउछन गाउँपालिका अध्यक्ष बिश्वकर्मा बताउछन ।

प्यूठानको नौ वटा स्थानीय तहमध्ये भौगोलिक हिसाबले समथरपहाड र लेक तीन वटै भूभाग समेटिएको सरूमारानी गाउँपालिका हो।पालिकाको माथिल्लो भागमा गुराँस फुल्ने ठाउँबीचमा अग्लाअग्ला चुचुरा र तल्लो भाग तिर समथर भूभागसालसिसौको घना जंगल समेत रहेको छ।अन्य स्थानीय तहभन्दा भौगोलिक हिसाबले अलि फरक पालिकाको रूपमा रहेको सरूमारानीले प्यूठान जिल्लालाई तराईसंग जोडेको छ। लुम्बिनी प्रदेशको राजधानी संगै जोडिएको यो गाउँपालिका प्रशस्त पर्यटकीय संभावना बोकेको सरुमारानी लेक, "रानीकुवा शान्तिपार्क", गढीदरबार र किमीचौर दह पालिकाको मुख्य पर्यटकीय स्थलको रुपमा विकास भइरहेको छ।यो गाउँपालिकाको नामाकरण यहाँ रहेको भौगोलिक सबै भन्दा अग्लो पहाड सरुमारानी लेकबाट रहेको हो।लेखक रेडियो स्वर्गद्वारी एफ.एम.प्युठानका स्टेशन प्रमुख हुन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्