समय : ०४:११ am | शुक्रबार , मंसिर ६ गते २०८१

भारतको झारखण्डमा आगलागी हुँदा १४ जनाको ज्यान गयो, १२ जना घाइते

स्वर्गद्वारी अपडेट | माघ १८ गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान, भारतको झारखण्डमा भएको आगलागीमा १४ जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् । झारखण्डको धनवादमा रहेको एक अपार्टमेन्टमा गएराती आगलागी भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार आगलागीमा ज्यान गुमाउनेमा महिला र बच्चा रहेका छन् । उनीहरु विवाह समारोहमा सहभागी रहेको खबरमा उल्लेख छ । आगलागीको समयमा भवनमा कति मानिस थिए भनेर खुलेको छैन । सुरक्षाकर्मी र अग्नि नियन्त्रकले भवनमा फसेका केहिको उद्धार गरेका छन् । साथै आगो निभाएका छन् । आगलागीको कारण खुलेको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको दुःख व्यक्त गरी घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्