समय : १०:५७ pm | सोमबार , फागुन ११ गते २०८२

अटो र जिप ठोकिदा एकको मृत्यु ३ घाइते

स्वर्गद्वारी अपडेट | श्रावण २१ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान— जिप र अटो ठोक्किएर घाइते भएका पाल्पा निस्दी गाउँपालिका–२, सहलकोटका ४५ वर्षीय चोपबहादुर ढेंगाको उपचारका क्रममा शनिबार निधन भएको छ । रामपुर नगरपालिका–५, सानी अमराईमा भएको दुर्घटनाका घाइते ढेंगाको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । कालीगण्डकी करिडोरअन्तर्गत रामपुरको सानीअमराईमा भएको दुर्घटनामा अटो चालक ढेंगा घाइते भएका हुन् । उनलाई रामपुर अस्पतालमा प्राथमिक उपचारपछि तानसेनको मिसन अस्पताल ल्याइएको प्रहरी नायव उपरीक्षाक तथा सूचना अधिकारी बीरेन्द्र थापाले जानकारी दिए । रामपुरको बेझाँड बजारबाट विजयपुरतर्फ जाँदै गरेको लु १ ह ४१३८ नम्बरको अटो र तानसेनबाट रामपुर बेझाँड जाँदै गरेको लु १ ज ४१३३ नम्बरको पजप ठोक्किएको हो । दुर्घटनामा रामपुर नगरपालिका–३, ओइरेघाटका ३९ वर्षीय सुरेन्द्र थापा क्षेत्री, उनकै छोरी १० वर्षीया अञ्जली थापा क्षेत्री र १२ वर्षीया पुष्पा थापा क्षेत्री घाइते भएका हुन् । सुरेन्द्र र अन्जलीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्