समय : ०९:२६ pm | सोमबार , फागुन ११ गते २०८२

नेकपा महासचिव विप्लव विरुद्ध पक्राउ पुर्जी जारी

स्वर्गद्वारी अपडेट | श्रावण १६ गते २०७९
स्वर्गद्धारी अपडेट,प्गूठान । ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको सूचना आज सार्वजनिक गरेको हो । हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको सूचनामा उल्लेख छ । यो सूचना प्रकाशित भएको मितीले ३५ दिन भित्र अदालतमा उपस्थित हुन भनिएको छ । अन्यथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६५ बमोजिम हुने चेतावनी पनि दिइएको छ ।

यो पनि पढ्नुहोस्