आफ्नै स्कुल बसको टायरमा परेर तीन बर्षिया बालिकाको मृत्यु
स्वर्गद्धारी अपडेट,प्यूठान । आफ्नै विद्यालयको बसको पछाडिको टायरले किच्दा विद्यार्थीको मृत्यु भएको छ ।
देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मानपुर उत्तर टोल निवासी भिमसेन थापाकी तीन वर्षीया छोरी पुजा थापाको न्यु मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्बरको बसको टायरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
शुक्रबार बेलुका पौने पाँच बजेको समयमा सो घटना भएको थियो । थापा बसबाट ओर्लने क्रममा पछाडिको टायरले किच्दा गम्भीर घाइते भएकी थिइन । उपचारका लागि लमही अस्पताल लगिएको र अस्पताल पुर्याए लगत्तै उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
विद्यालयको बस र चालक प्रहरी नियन्त्रणमा रहेको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।








